Logo

प्रदेश परामर्श बैठकमा प्रचण्डको ब्रिफिङः बाध्यात्मक परिस्थितिबाहेक सरकारमा चासो राख्दैनौं



काठमाडौं, २४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी निर्माणका लागि जनतामा जानुको विकल्प नरहेको बताएका छन् । आज (सोमबार) कोशी प्रदेश परामर्श बैठकमा उनले बाध्यात्मक परिस्थितिबाहेक सरकारमा जाने कुराको कुनै चासो नरहेको बताएका हुन् । उनले माओवादीले अहिले सरकारमा जानेबारे चासो नदेखाएको भएपनि जानै पर्ने अवस्था सिर्जना हुनसक्ने बताए । प्रचण्डले पार्टी निर्माण र समाजवादी राज्य व्यवस्थाको आधार निर्माणमा ध्यान दिन पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

‘सरकारमा चासो देखाएर अहिले हामी नजाने, पार्टी बनाउनका लागि जनतामा जानुपर्छ । तर, देश र जनताको हितका लागि माओवादी सरकारमा नगई नहुने परिस्थिति आउनसक्छ । यो सरकार स्वार्थपूर्तिका निमित्त बनेको हो । जग बलियो छैन । एकअर्काको स्वार्थ पूरा भएपछि हामी सहभागी भएर सरकार बनाउनुपर्ने बाध्यात्मक परिस्थिति पनि आउन सक्छ,’– प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका नेता खेलप्रसाद बुढाक्षेत्रीले भने ।

प्रदेश परामर्श समितिको बैठकमा ७० जनाले मौखिक र तीन जनाले लिखित धारणा राखेका थिए । बैठकलाई अध्यक्ष प्रचण्डसहित ९ जना पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्