Logo

एमाले विचारशून्य अवस्थामा छ, म विधि, विधान र सिद्धान्तको पक्षमा छुः भीम रावल



काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टी विचारशून्य अवस्थामा रहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी अहिले विचारशून्य अवस्थामा हरेको र आफू भने विधि, विधान र सिद्धान्तको पक्षमा उभिइरहेको बताएका हुन् ।

साथै, उनले देश र जनताको पक्षमा आवाज उठाउँदा आफूमाथि विभिन्न प्रकारका व्यवधानहरु आएको बताए । उनले आफू कहिले पनि अडानबाट विचलित नहुने पनि बताए । ‘एमालेले तपाईँलाई कारबाहीको तयारी गरेको छ रे नि ?’ भन्ने प्रश्नमा उनले पार्टीको सिद्धान्त जोगाउनुपर्छ, विधि विधान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन चुनौति दिए ।

साथै, उनले आफू नेकपा (एकीकृत समाजवादी) मा जाने भन्ने हल्लामा कुनै सत्यता नरहेको बताए । उनले यस विषयमा कसैसँग कुनै छलफल नभएको प्रष्ट पारे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्