Logo

धनराजको डिभोर्स नक्कली हुनै नसक्ने कांग्रेसको निश्कर्ष



काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा पार्टी उपसभापति धनराज गुरुङमाथि उठेका प्रश्नहरुको छलफल भएको छ । उपसभापति गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको १५ करोड अपचलन गरेको आरोप छ । गुरुङ र उनकी तत्कालीन श्रीमती ज्योति गुरुङ मिलेर उक्त रकम अपचलन भएको आरोप अहिले संसद्मा समेत प्रवेश गरिसकेको छ ।

कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले उपसभापति गुरुङले गलत गरेको भए सजाय भोग्नुपर्ने निश्कर्ष निकालेको छ । तर, उपसभापति गुरुङ र उनकी श्रीमतीबीच भएको डिभोर्सलाई नक्कली भन्न नमिल्ने कांग्रेसको निश्कर्ष छ ।

‘संसद्मा प्रश्न उठ्यो कि नक्कली डिभोर्स । डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? यसले गर्दा डिभोर्स भनेको डिभोर्स हो । २०७६ सालमै डिभोर्स भएपछि त्यो प्रश्न उठाउन मिल्दैन । उहाँ स्वयंले पनि मेरो बारेमा छानविन होस् भन्नुभएको छ,’– बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलको प्रमुख सचेतकसमेत रहेका नेता श्याम घिमिरेले भने ।



प्रतिक्रिया दिनुहोस्