Logo

फाँसीवाद विरूद्वको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काराकसमा सुरू



काठमाडौं, २६ भदौ । साम्राज्यवादको आर्थिक नाकावन्दीविरूद्व संघर्षरत दक्षिण अमिरेकी समाजवादी मुलुक भेनेजुयलाले फाँसीवाद र नवफाँसीवादका विरूद्व एक सयभन्दा बढी देशहरूका प्रतिनिधिहरूको सहभागितामा काराकसमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । उक्त सम्मेलनमा नेपालबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष सुबोध शेर्पाली र नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य माधव पन्त सहभागी छन् ।

भेनेजुयलाका तत्कालीन क्रान्तिकारी नेता ह्युगो चाभेजको नेतृत्वमा सम्पन्न समाजवादी क्रान्तिले ल्याटिन अमेरिकामा मात्रै नभएर संसारभरी समाजवादी, कम्युनिस्ट क्रान्तिको उभार ल्याएको थियो । साम्राज्यवादीहरूको हस्तक्षेप, आर्थिक नाकालन्दी र आक्रमणको सामना गर्दै मुलुक आफ्नो स्वाभिमान र राष्ट्रिय अखण्डताको पक्षमा अडिग रहेको छ ।

गत जुलाई २८ मा भएको राष्ट्रपतिको निर्वाचनमा प्रजातान्त्रिक प्रकृयामाथि हस्तक्षेप गर्ने साम्राज्यवादी संयुक्त राज्य अमेरिका र युरोपियनहरूको कदमको कडा प्रतिवाद गर्न भेनेजुयलाका जनतासक्षम रहेको उपराष्ट्रपति डेल्सीले बताईन् ।

संसारभरी भइरहेको फाँसीवादी आक्रमणले मानवताको हत्या गरेको छ । मानव अधिकार, न्याय, स्वतन्त्रता र प्रगतिशील उन्नत समाजको निर्माण गर्न यो सम्मेलनको आयोजना गरिएको छ ।

सम्मेलनको उद्घाटनमा भेनेजुयलाकी उपराष्टपति डेल्सी रोड्रीगेज र अरू देशका समाजवादी नेताहरूले मन्तव्य राखेका थिए । नेता शेर्पाली र पन्त सेपेटेम्वर १२ मा आयोजना गरिएको सत्तारूढ पार्टीको युवा संगठन जेपिएसयुभीको १६औं राष्ट्रिय सम्मेलनमा अन्तराष्ट्रिय अतिथिको रूपमा सहभागी हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्