Logo

पूर्वराजा ज्ञानेन्द्र र राप्रपा अध्यक्ष लिङ्देनबीच अर्थपूर्ण भेटवार्ता



काठमाडौं, २६ भदौ । हिन्दु राज्यसहितको राज संस्थाको वकालत गरिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । झापाको दमकस्थित चिया बगानमा पूर्वराजा ज्ञानेन्द्र र लिङ्देनबीच भेटवार्ता भएको बताइएको छ ।

भेटमा लिङ्देनले राप्रपाको घोषित कार्यक्रम र देशको समसामयिक राजनीतिक परिस्थितिको बारेमा बताएका छन् । देशको राष्ट्रिय राजनीति अस्थिर भइरहेको र जनताबीचमा बढ्दो निराशाको बीचमा पूर्वराजा ज्ञानेन्द्र र लिङ्देनबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्