Logo

एकीकृत समाजवादीको समर्थन उपसभामुख रानाको पक्षमा, डटेर सामना गर्ने निर्णय



काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने सत्तारुढ दलको विपक्षमा उभिने निर्णय गरेको छ । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको बठकले उपसभामुख रानाको पक्षमा उभिने निर्णय गरेको हो ।

उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा छिन् । सत्तारुढ दलले उनलाई मार्ग प्रशस्त गर्न भनिरहेको छ । राजीनामा दिएर मार्ग प्रशस्त नगरे महाअभियोग लगाउने सत्तारुढ दलको तयारी छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पनि उपसभामुख रानाको पक्षमा उभिने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्