Logo

दायाँबायाँ भ्रष्टाचारी राखेर प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भनिराख्नु भएको छः माओवादी नेता पुन



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको दायाँबायाँ नै भ्रष्टाचारी रहेको टिप्पणी गरेका छन् । आज (आइतबार) पोष्टबहादुर बोगटीको १०औं स्मृति दिवसका सन्दर्भमा आयोजित सभालाई सम्बोधन गर्दै उनले क्याविनेटमै भ्रष्टाचारको आरोप लागेका आधा दर्जन मन्त्री राखेर प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भनिरहेको बताए । प्रधानमन्त्रीले दायाँबायाँ भ्रष्टाचारी राखेकाले नै सार्वजनिक कार्यक्रममा विरोध भएको उनले बताए ।

‘सामाजिक कार्यक्रममा हेर्नुस् प्रधानमन्त्रीको किन विरोध हुन्छ ? कालो झण्डा किन देखाइन्छ ? कसले देखाउने प्रधानमन्त्रीलाई ऐना ? मुहारमा कालो पोतिएको छ । म भ्रष्टाचारीको मुख हेर्दिँन भन्नुहुन्छ, कार्टुनमा हेर्नुहन्छ जनताको चेतवना वृद्धि भएको छ । भ्रष्टाचारीलाई दायाँबायाँ राखेर, झण्ड आधा दर्जन भ्रष्टाचारको अभियोग लागेका मान्छेलाई क्याबिनेटमा राखेर भ्रष्टाचार गर्न दिईँदैन, भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेर के भन्न खोज्नुभएको हो ? प्रधानमन्त्रीज्यू तपाईँको दायाँबायाँ को छन् ? हेर्नुुस्,’– उनले भने ।

साथै, नेता पुनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आगामी ०८४ को निर्वाचनमा माओवादीको साइज विश्लेषण गरेर दिवास्वप्नामा रमाइरहेको बताए । उनले अहिले एमाले–कांग्रेसको भन्दा माओवादीको माहोल बद्दै गएको उनले दाबी गरे । ‘एकथरी मान्छेहरुले आगामी ०८४ को निर्वाचनलाई विश्लेषण गरेर केही दिवास्वप्ना देखिराखेका छन् । हाम्रो संख्या गनिराखेका छन्, हाम्रो साइज सानो हुन्छ भनिराखेका छन् । आज हामीले हेर्यौं भने पछिल्लो समयमा माओवादीको ग्राफ माथि छ । कांग्रेस–एमाले पुराना संसदवादी पार्टी हुन्, विकृतिका डङ्गुर हुन भन्ने आम मान्छेलाई छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्