Logo

क्यानडा जाँदै परराष्ट्रमन्त्री राणा, उतैबाट अमेरिका जाने



काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा सोमवार क्यानडा जाने भएकी छिन् ।

परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको उनको सचिवालयले जनाएको छ ।

क्यानडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा यो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विश्वका करिब २० जना महिला परराष्ट्रमन्त्री सहभागी हुनेछन् ।

सो सम्मेलनलाई सम्बोधन गरेपछि परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन २१ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्क जानेछिन् ।



प्रतिक्रिया दिनुहोस्