Logo

मनिषसँग अघिल्लो हारको बदला लिँदै जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा एमालेका भण्डारी निर्वाचित



काठमाडौं । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले १ हजार ६४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मनिष रमण साहले १ हजार ५७२ तथा जितेन्द्र प्रसाद साहले २९३ मत पाएका छन् ।

आफ्ना प्रतिद्वन्द्वी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै भण्डारी विजयी भएका छन् । संघको उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४ हजार ७६ जना मतदाता थिए । शनिबार भएको मतदानमा ३ हजार ५७४ मत खसेको थियो ।

अध्यक्षमा निर्वाचित भण्डारी नेकपा एमालेका नेता हुन् । उनी एमाले जनकपुरधाम उपमहानगरका अध्यक्ष हुन् । पराजित साह नेपाली कांग्रेसका नेता हुन् । संघको अघिल्लो निर्वाचनमा भण्डारीलाई हराउँदै साह वरिष्ठ उपाध्यक्ष चुनिएका थिए ।



प्रतिक्रिया दिनुहोस्