Logo

रेकर्डबाट हिंसा शब्द नहटाएसम्म संसद् चल्न नदिने माओवादीको निर्णय



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) ले संसद्को रेकर्डबाट हिंसा शब्द नहटाएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको छ । आज (आइतबार) संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । सभामुखले बोलाएको छलफल विना निश्कर्ष टुङ्गिएको थियो । त्यसपछि माओवादीको सांसदहरु छलफलमा जुटेका थिए । अन्ततः हिंसा शब्द हटाउनुपर्ने निश्कर्षमा माओवादीका सांसदहरु पुगेका हुन् ।

नेकपा (एमाले) का सचिवसमेत रहेका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले संसद्मा माओवादी सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएका थिए । योगेशको अभिव्यक्तिमा आपत्ति जनाउँदै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । सभामुख घिमिरेले छानविनका लागि संसद् सचिवालयलाई निर्देशन दिएका थिए । गत प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले हिंसा शब्द संसदीय नै रहेको निश्कर्ष सुनाए ।

सभामुखले कुनै पनि प्रक्रिया पूरा नगरी, कसैसँग छलफल नै नगरी निर्णय सुनाएको भन्दै माओवादीले संसद् अवरोध गरिरहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्