Logo

मन्त्रिपरिषदद्वारा संसद् अधिवेशन अन्त्यको लागि सिफारिस



काठमाडौं, ३० भदौ । मन्त्रिपरिषद् बैठकले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार अन्तिम बैठक बसेर राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान गर्ने र अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ । संघीय संसद्को चालू वर्षे अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो ।

प्रतिनिधि सभामा नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेको विषयलाई लिएर अवरोध कायमै छ । माओवादीको अवरोधका बीच आज संसद् बैठक बस्न सकेन । अन्तिम समयमा आजको बैठक स्थगित गरिएको थियो ।

प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने बताइएको छ । तर, माओवादीले भोलिको बैठक पनि चल्न नदिने चेतावनी दिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्