Logo
प्रमुख समाचार

नेपाली युवा बने अमेरिकी विश्वविद्यालयको सल्लाहाकार

अमेरिकाको प्रसिद्ध विश्वविद्यालय एरिजोना स्टेट युनिभर्सिटीले पहिलोपटक नेपाली युवालाई सल्लाहाकारमा नियुक्त गरेको छ । अन्तराष्ट्रिय सामाजिक उचाइ प्राप्त गरेका युथ पार्लियामेन्ट नेपालका अध्यक्ष दिवाकर अर्याललाई उक्त विश्वविद्यालयले १५ जुलाई ,२०२० सम्मका सल्लाहाकार नियुक्त गरेको हो । कलिलै उमेरमा अमेरिकी विश्वविद्यालयको सल्लाहाकार बनेका अर्याल धादिङको सामान्य परिवारमा हुर्किएका हुन् । उच्च शिक्षाका लागि काठमाण्डौँ आएसँगैउनको सामाजिक क्षेत्रमा क्रियाशिलता हात्तै बढेको छ । १० भन्दा बढी देशको अन्तराष्ट्रिय सम्मेलनहरुमा आफुलाई प्रस्तुत गरिसकेका अर्याल आँफैलेपनि नेपालमा “युवा सार्क सम्मेलन” र “विश्व युवा सम्मेलन” गरिसकेका छन् । आफ्नो परिचयलाई सामान्य क्षेत्र भन्दा माथी उठाइसकेका अर्याल लाखौँ युवाका उत्प्रेरणको पात्र बनेका छन् । नेपालमा नै रहेर बहुराष्ट्रीय संघ संस्था/विद्यालयमा आवद्ध उनी अमेरिकी विश्वविललयले नियुक्त गरेको सबै भन्दा कम उमेरका नेपाली हुन । कलिलै उमेरमा निकै ठुलो अवसर पाउनु भयो नि भन्ने प्रश्नमा उनि भन्छन् यो अवसर सँग सँगै शिक्षा र अन्तराष्ट्रिय समुदाय प्रतिको जिम्मेवारी मान्छन् । समृद्ध नेपालको यात्रामा निरन्तर क्रियाशील रहने बताउँदै उनी भन्छन् आफ्नोसँगै देशको व्यक्तित्व निर्माणमा सबै समान ढंगले लाग्नुपर्छ । नियुक्तीका सम्बन्धमा उक्त विश्वविद्यालयको निर्देशक डा. र्बाबर क्लिमेक भन्छिन्दि,”वाकर अर्यालजस्तो बहुआयामिक व्यक्तित्वलाई सल्लाहाकारमा नियुक्त गर्न पाउनु विश्वविद्यालयकै महत्वपुर्ण उपलब्धि हो ।” यसले अमेरिका र नेपालमात्र नभएर अमेरिका र दक्षिण एसियालाई आपसी समृद्धि र सौहार्दता निर्माण हुने उनि बताउँछिन्  ।

विस्तृत पढ्नुहोस
मानवबस्तीमा रहेका सिमेन्ट उद्योग हटाउन वा बन्द गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, १० असार : प्रतिनिधिसभाको आजको बैठकको विशेष र शून्य समयमा सांसदहरुले तराईको सम्भावित बाढी नियन्त्रण र उखु किसानलाई उचित मूल्य दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको छ । नेकपाका विरोध खतिवडाले

राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण

काठमाडौँ, १० असार : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका विषयलाई सम्बोधन गर्न सरकारको ध्यान आकृष्ट गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज, १० असार : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५

शिक्षामा व्यापारीकरणविरुद्ध हिंसात्मक आन्दोलनमा जाने संयुक्त विद्यार्थी संगठनको चेतावनी

‘शैक्षिक सिन्डीकेटधारीहरुको सम्पत्ति छानबिन हुनुपर्छ’ काठमाडौं, १० असार : सार्वजनिक तथा निजी शिक्षामा भएको व्यापारीकरण र माफियाकरणको विरुद्ध विभिन्न आठ विद्यार्थी संगठनले आवश्यक परे हिंसात्मक आन्दोलनमा जाने समेत चेतावनी दिएका

राष्ट्रसंघीय महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १० असार  : इथियोपियाका नवनिर्वाचित प्रधानमन्त्री अविय अहमदलाई लक्ष्यगरी शनिबार गरिएको हत्या प्रयासको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गर्नुभएको छ । प्रधानमन्त्री अहमदको सम्मानमा शनिबार आयोजना गरिएको

आफै सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुशी

रियाद, १० असार : साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको

मल्ल एसइईमा नेपाल टप भएको दाबी

भक्तपुर, १० असार : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन्

गोर्खा वेलफेयरद्वारा विद्यालय निर्माण

बागलुङ, १० असार : गोर्खा वेलफेयर ट्रष्टले यहाँस्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा आठ कोठे पक्की भवन निर्माण गरेको छ । ट्रष्टले भूकम्प प्रतिरोधी दुई तले उक्त भवन शनिबार विद्यालयलाई हस्तान्तरण गरेको

प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

विशेष प्रतिनिधि हरि लामिछाने :  चीन, ल्हासा, तिब्बत, १० असार /छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका

भाजपा नेता जोलीद्धारा उपप्रधानमन्त्री यादवलाई बधाई

काठमाडौं, ९ असार । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले आज उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । निजी भ्रमणको क्रममा

रोजगारीका लागि अब युवाले विदेशिनु पर्दैन : मन्त्री तामाङ

नवलपरासी, ९ असार : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आम नेपाली युवालाई स्वदेशमै रोजगारको व्यवस्था गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नवलपरासीले आज