Logo
कोरोना भाइरस

भारतबाट फर्किएका सङ्क्रमित राख्न छुट्टै आइसोलेशन

-रिपोर्टर्स नेपाल/संवाददाता

राँझा, १७ वैशाख: भारतबाट घर फर्किएका कोरोना सङ्क्रमितलाई राख्न नेपालगञ्जमा छुट्टै आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । भारतबाट फर्किने क्रममा नेपालगञ्जस्थित जमुनाह नाकामा कोभिड पोजिटिभ

विस्तृत पढ्नुहोस
प्रमुखलाई कोरोना देखिएपछि कर कार्यालय बन्द

ओखलढुङ्गा, १७ वैशाख: करदाता सेवा कार्यालयको सेवा बन्द गरिएको छ । कार्यालय प्रमुख कोशलेन्द्र रिजाललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको हो ।

कर्णालीमा आठ कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली, १७ वैशाख:  कोभिड–१९ को सङ्क्रमणबाट कर्णालीमा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४

कोभिड–१९ : जनताबीच पुग्न भारतीय प्रधानमन्त्री मोदीद्वारा मन्त्रीहरुलाई निर्देशन

१७ बैशाख: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संघीय मन्त्री परिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको बताएका छन् । कोभिड–१९ को दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना

सूचना विभागको सेवा प्रवाह स्थगित

काठमाडौँ, १७ वैशाख: सूचना तथा प्रसारण विभागले सेवा प्रवाह स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण

कोभिडबाट बच्न सर्वसाधारणमा स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ, १७ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता

कोरोना सङ्क्रमित भारतीय टिभी पत्रकार सरदानाको मृत्यु

१७ बैशाख: भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड–१९ को सङ्क्रमणपछि उपचारका क्रममा निधन भएको छ । पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । उनले दिल्लीस्थित नोयडाको मेट्रो

आन्तरिक उडान ह्वात्तै घट्यो

काठमाडौँ, १७ वैशाख: काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन आज मात्रै

सेती अस्पतालमा तीन सङ्क्रमितको मृत्यु

कैलाली, १७ वैशाख: सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष

कोभिडविरुद्ध सरकार र जनताको हातेमालो जरुरी : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १७ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक उनले

महामारी रोकथामका लागि सम्पूर्ण शक्ति लगाउन मुख्यमन्त्री राउतको निर्देशन

जनकपुर, १७ वैशाख: प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले कोरोना महामारीका विषयमा जानकारीका लागि आज आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल सम्वाद गरेका छन् । विगत केही दिनदेखि कोरोना

विश्वका ४० भन्दा बढी देशले भारतलाई सहयोग गर्ने

१७ वैशाख : विश्वका ४० भन्दा बढी देशले भारतलाई कोभिड– १९ का विरुद्धको लडाईमा सघाउने जनाएका छन् । ती देशहरुले भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु सहयोग गर्ने बताएका भारतीय