Logo
फोटो फिचर

शालिग्राम सङ्ग्रहालय

२० मङ्सिर : बागलुङ नगरपालिका–४ कुँडुलेमा ‘श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर’ परिसरमा निर्माण गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा राखिएका चीन, भारत र पाकिस्तानका नदीमा पाइने पवित्र शिला ।

विस्तृत पढ्नुहोस
धौलागिरि आईसफल पदमार्गको दृश्य

१९ मङ्सिर : म्याग्दीको धौलागिरि आइसफल पदमार्गबाट देखिएको सुन्दर दृश्य । तस्बिर : कमल खत्री

भृकुटीमण्डपमा यामाहाको महा एक्सचेन्ज मेला सुरु

काठमाण्डौँ,१८ मंसिर । यामाहाको महाएक्सचेन्ज मेला काठमाण्डौँको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ । महाएक्सचेन्ज मेला मंसिर १८ गते देखि मंसिर २२ गते सम्म पाँच दिन चल्ने छ । महामेलामा कम्पनीले

पञ्चवर्षीय गढिमाई मेला तस्वीर

पर्सा, १७ मङ्सिर ।  बाराको बरियापुरमा मङ्गलबार गढिमाईको पूजा अराधना गर्दै भक्तजन । तस्वीर : बिजय कुमार महतो/रासस

गढीमाई मेलामा बली निरुसाहित गरिदै (फोटोफिचर)

बारा, १६ मंसिर । गढीमाईमा प्रत्येक वर्ष हजारौं पशु बली दिइन्छ । यस वर्ष पनि हजारौं पशुलाई बली दिन ल्याइएको छ । तर, पशु सेवा संघ पशु बली निरुत्साहित गर्न

मन्त्री मगरबाट मतदान

कञ्चनपुर, १४ मङसिर : खानेपानीमन्त्री बीना मगर कञ्चनपुको पुर्नवास नगरपालिका–३ मा शनिबार भइरहेको वडाध्यक्षको उपनिर्वाचनमा मतदान गर्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस

नेकपाका उम्मेदवार भट्टराई

पोखरा, १४ मङ्सिर : कास्की–२ मा भएको प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत पोखरा –३३ भरतपोखरीको चण्डी सामुदायिक विद्यालय मतदान केन्द्रमा नेकपाका उम्मेदवार विद्या भट्टराई । तस्वीरः वासुदेव पौडेल

बाघको छालासहित अभियुक्त सार्वजनिक

गजुरी गाउँपालिका– २ बाट पाटेबाघको छालासहित पक्राउ परेका ६ अभियुक्तलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै । तस्वीर / सीताराम अधिकारी /रासस

जुम्ली घोडा

जुम्ला र बाजुरा जिल्लाबाट दार्चुलाको मालिकार्जुन– ७ जौलजीविमा लाग्ने जौलजीवी मेलाको लागि ल्याइएका जुम्ली घोडा । यहाँका व्यापारीहरुले हरेक वर्ष एक महिना लगाएर दार्चुलाको जौलजीवी मेलामा घोडा व्यापार गर्ने गर्छन्

भगवान् रामले स्नानका लागि बाण हानेर तयार पारेको कुण्ड

त्रेतायुगमा भगवान् रामले वनवास जाने क्रममा रामपुर क्षेत्रको भ्रमण गरेका बेला सीता रजस्वला भएकाले स्नानका लागि बाण हानेर तयार पारेको कुण्ड संरक्षणको अभावमा जीर्ण बन्दै । तस्वीर / पवित्रा घिमिरे

कार्यवाहक अध्यक्ष श्रेष्ठबाट प्रेस काउन्सिल नेपालको प्रगति विवरण प्रस्तुत

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा प्रथम चौमासिक समीक्षा कार्यक्रममा प्रेस काउन्सिल नेपालको प्रगति विवरण प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ ।

आगलागी

जुम्लाको चन्दननाथ नगरपालिका– २ का गोविन्द भण्डारीको घरमा आइतबार मध्याह्न १२ बजे भीषण आगलागी । तस्वीर / विजय रावत