भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक समावेश गरेकोमा बिहीबार राजधानीमा विरोध प्रदर्शन गर्दै नेपाल विद्यार्थी संघ, त्रिचन्द्र क्याम्पसका विद्यार्थी ।
बाजुरा बडीमालिका नगरपालिका–७ स्थित ढम्कने कृषि सहकारी संस्थाले आयोजना गरेको प्रथम आलु महोत्सवमा बुधबार बनाएको एक् हजार क्वीन्टलको आलुको पहाड । तस्वीर : प्रेम रौले
जातीय वेषभूषामा सजिएका तनहुँको दमौलीस्थित मगर समुदायका युवती । जिल्लामा हुने सांस्कृतिक कार्यक्रममा युवतीहरु आफ्नै वेषभूषामा सजिने गर्दछन् । तस्वीर : कृष्ण न्यौपाने
नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा प्रमुख पर्यटकीय नगर ठमेलको सातघुम्तीमा पर्यटकको आकर्षकका लागि राखिएको हिममानव । उक्त हिममानव पाटनका मुक्तिसिंह थापाले निर्माण गर्नुभएको हो । तस्वीर : अच्युत रेग्मी
मध्यपुर थिमिका मूर्तिकारले सिमेन्टबाट बनाएको महादेवको मूर्तिमा रङ लगाउँदै । एउटा मूर्तिको मूल्य रू ३५ हजार सम्म पर्ने मूर्तिकार बताउछन् । रत्न श्रेष्ठ
जिल्लाको व्यास नगरपालिका–४ सिमलटारमा जनजातिका नमूना घर निर्माण गरिँदै । बुधबारदेखि शुरु हुने तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवमा आउने दर्शकलाई जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी दिन सात जातिका नमूना घर
मुस्ताङको हिमाली उजाड मरुभूमिमा रमाउँदै गरेका पर्यटक । मुस्ताङको माथिल्लो क्षेत्रमा रहेको हिमाली मरुभूमि पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्वीर : कमल खत्री
राष्ट्रपति कार्यालय, शीतलनिवासमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मुस्लिम आयोगको प्रथम वार्षिक प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष समिम मियाँ अन्सारी । तस्वीर : नवीन पौडेल
काभे्र जिल्लाको नेपालटार खेतमा धान काट्दै किसान । तस्वीर : चन्द्रकला क्षेत्री
काभे्र जिल्ला नेपालटारको खेतमा लगाएको धानबाली र केराको व्यवसायिक खेती । तस्वीर : चन्द्रकला क्षेत्री
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई सामाजिक विकास मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा आयोजित ‘स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीमा मन्तव्य व्यक्त गर्दै । तस्वीरः मनोज दाहाल
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा मङ्गलबार आयोजित ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै । तस्वीर : मनोज