किमाथाङ्का, १९ चैत । सङ्खुवासभाको चौकी बजार नजिकै ढकमक्क फुलेको लालिगुराँस । गुराँस फुल्न सुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढेको छ । तस्बिरः
कञ्चनपुर, १८ चैत । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका मृग । दुई हजार ३०० भन्दा बढीको सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटामा पर्यटकको आवागमन बढेको छ । तस्वीरः शेरबहादुर सिंह÷रासस
किमाथाङ्का, १८ चैत । सङ्खुवासभाको मादी नगरपालिका– १, चौकी बजारमा डोको बुन्दै स्थानीय वृद्ध । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ । तस्वीरः भविन कार्की÷रासस
बागलुङ, १८ चैत । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलो गाउँ । तङ्ग्राम जनजाति बाहुल्य ठाउँ हो । तस्वीरः रामबहादुर थापा÷रासस
कञ्चनपुर, १८ चैत । शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान खेतमा पाकेको गहुँ काट्दै । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस
काठमाडौं, १७ चैत । काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार
बेनी, १५ चैत । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा मकै छर्नका लागि बारी जोत्दै गरेका बालक । तस्वीरः कमल खत्री, रासस
इटहरी, १५ चैत । धनकुटा कचिडेको घरमा साहित्यकार झमक घिमिरे । उनी विगत ६ महिनादेखि यही घरमा बस्दै आएकी छिन् । तस्बिरः विराट अनुपम÷रासस
काठमाडौं, १५ चैत । राष्ट्रिय विकास समस्या समाधान समितिको सिंहदरबारमा मङ्गलबार बसेको ४९औँ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रिगण, मुख्यमन्त्रीलगायत सहभागी । तस्बिरः रोशन सापकोटा÷रासस
भक्तपुर, १५ चैत । भक्तपुर नगरपालिका–५ , खँल्लामा इनारबाट तानेको धमिलो पानी भर्दैै महिला । काठमाडौँ उपत्यका खानेपानी(काउखाली)ले भक्तपुर नगरका केही ठाउँमा दिन बिराएर, कतै पाँच दिनको एक पटक, कतै
दमक, १५ चैत । दमक–३ दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । रु १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ को लागतमा निर्माणाधीन १८ तले भ्यूटावरको १३ तला
गलेश्वर, १५ चैत । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा लालिगुराँस फूलेपछिको रमणीय दृश्य । तस्वीरः ध्रुबसागर शर्मा,रासस