काठमाडौं, असोज ११ । चीनसँगको सीमा विवाद अध्ययनका लागि गठित सरकारी समिति हुम्लाको १२ नम्बर सीमास्तम्भसम्म नपुगेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले बताएका छन् ।