काठमाडौँ, २६ माघ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
त्रिशूली (नुवाकोट), २६ माघ । नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ
बारा २५ माघ । नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले
काठमाडौँ, २३ माघ । वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापतिलाई पक्राउ गरेको छ ।
काठमाडौँ, २२ माघ । अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ
काभ्रेपलाञ्चोक, २२ माघ । काभ्रेपलाञ्चोकको पनौतीबाट आज प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका–५ आइटी पार्कस्थित पनौती–बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न
काठमाडौं, २१ माघ । प्रहरी वृत्त लैनचौरबाट खटि गएको प्रहरी टोलीले संरक्षित वन्यजन्तु कस्तुरीको विनाजस्तो देखिने बस्तुसहित दुई जना व्यक्तिहरु पक्राउ गरेको छ । प्रहरीले काभ्रेपलान्चोक पनौती– १२ स्थायी वतन
काठमाडौँ, १९ माघ । क्रोएसिया पठाइदिन्छु भन्दै नगद तीन लाख ठगी गरेको अभियोगमा काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ घर भएका ४० वर्षीय मिङमार लामालाई बुधबार
काठमाडौँ, १८ माघ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ । त्रिभुवन
काठमाडौँ, १८ माघ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय
दमक, १८ माघ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको
काठमाडौँ, १७ माघ । माल्टा पठाइदिन्छु भन्दै छ लाख १८ हजार ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङलाई पक्राउ गरिएको छ । गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक