हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा राखिएको ढुङ्गाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ति । करीव ३५ फिट अग्लो मूर्ति पर्यटकको आकर्षण बन्ने गरेको छ । तस्वीर
पर्यटकीय नगरी पोखराको फेवाताल किनारामा शनिवार साँझ तालबाराही माताको आरती सेवा समितिद्वारा आरती गर्दै । तस्वीरःखेमराज गौतम, बागलुङ
रघुगंगा गाउँपालिकाद्वारा दीर्घकालीन रुपमा सुविधा पुग्ने योजना छनोट गर्न बसेको स्थानीयको भेला । तस्वीर्ः धु्रर्बसागर शर्मा
लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ को बाँध स्थल । तस्वीर जनक श्रेष्ठ, लमजुङ
नेपालको मरुभूमि भनेर चिनेर लोमान्थाङको भू–बनोट र लोमान्थाङ दरबार । तस्वीर ः धु्रबसागर शर्मा,म्याग्दी
समुद्र सतहबाट चार हजार ९१९ मिटर उचाईमा रहेको मनाङको तिलिचो ताल । तालको लम्बाई चार किलोमिटर र चौडाई १.२ किलोमिटर रहेको छ । तस्वीरः नारायणी रजौरे
बागलुङ, जैमिनी नगरपालिका १० स्थित किसान यामबहादुर थापा माहुरीको मह निकाल्ने तयारी गर्दै । लामो समयदेखि मौरी पालन व्यवसाय गरेर मनग्ये आम्दानी गरेका छन । तस्वीरः तारानाथ आचार्य
म्याग्दी, रघुगंगा गाउँपालिका ४ दग्नामस्थित भुमे पुजाको अवसरमा आयोजना गरिएको दुई गाउँ विच लिङगो जुधाइ प्रतियोगिता । तस्वीर: धु्रर्बसागर शर्मा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको नौमती बाजा बज्ने ढुङ्गामा अवलोकन गर्दै आन्तरिक पर्यटक । यस ढुङ्गामा नौमती बाजाको विभिन्न बाजाको आकृतिमा बजाउँदा बाजाको जस्तै दुरुस्तै आवाज निस्कने गर्छ ।
काठमाडौँको नेपाल कला परिषदमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीअर्न्तगत नयाँ विधा परफरमेन्स ९भावभङ्गी० कला प्रस्तुत गर्दै कलाकार कोशल हमाल । तस्वीरः नारायण ढुङ्गाना
माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको रसुवा डाँडागाँउ स्थित बाँधस्थलको निर्माणकार्य पूरा भएपछि बिहीबार विद्युत उत्पादन परीक्षणको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवलोकन गर्नु भएको र शुक्रबार साँझ पाँच बजेदेखि
डोल्पाको मुड्केचुला गाउँपालिकाको त्रिवेणीमा टेलिफोनको टावरले काम नगर्दा घरबाट सिडिएमए फोन बोकेर नेटवर्कको पहुँच भएको ठाउँमा आई फोन गर्दै स्थानीय महिला । तस्बिरः हेमन्त केसी, जाजरकोट