Logo

Tag: बिनोद पोख्रेल

“माफ गरे आमा”

-रिपोर्टर्स नेपाल/संवाददाता

बिनोद पोख्रेल : “माफ गरे आमा” आमा मलाई जन्म दिएर तिमिले आफ्नो दायित्व बोध गरायौ मुटुको टुक्रा जसरी छाती भित्र सुतायौ मेरा हरेक आशुका थोपामा आफ्नो आशुको थोपा मिसाएर बगायौ मेरा हरेक खुसीमा आफ्नो पिडा लुकाएर सघायौ मेरा हरेक रिस आवेगहरूलाई आफ्ना हरेक मुस्कानले भगायौ मेरा हरेक कमी कमजोरीहरूलाई मातृत्वको प्रेमको लेपन लगायौ मेरा ती हरेक पाइलाहरूलाई आफै गोरेटो बनेर हिँडायौ मेरा भविष्यका सपनाहरू पुरा गर्न आफ्ना हरेक दिनका निद्रा गुमायौ तर तिमिले के पायौ आमा मात्र तिम्रो कर्तव्य पायौ ओइलाइएका ती जिन्दगीका सपना पायौ मुटु भित्र दबेर बसेका पिडाहरू पायौ

विस्तृत पढ्नुहोस
“मेरो कलम”

बिनोद पोख्रेल : मेरो कलमले मलाई लेख्न भन्छ छाती भित्र गुम्सिएर भरिएको भावनालाई कहिले काहीँ पोख्न भन्छ ती सफा सुन्दर कागजहरूमा रङ्गी विरङ्गी शब्दहरू कोर्न भन्छ न्यायको तराजु समाएर मेरो

“अशुभ ट्वन्टी ट्वन्टी”

बिनोद पोख्रेल : कति निष्ठुरि रहेछ यो कोरोना न त हिड डुल गर्नै दिन्छ नत चाड पर्ब मनाउनै दिन्छ न ईष्टमित्र आफन्तलाई नै चिन्छ नत भद्र भलादमी नै मान्छ नत पद प्रतिष्ठा बोकेकालाई देख्छ नत सुन्दर पोषाक लगाएरै छेक्छ नत धन सम्पत्ती हुनेलाई गन्छ नत मन हुनेलाई भन्छ यो त एक्काईसौ सताब्दिको ट्वन्टी ट्वन्टी कालो बर्ष रहेछ हेर्दा हेर्दै आधी बर्ष भन्दा बढि कोरोना कोरोना भन्दै बितेर गएछ देशहरुलाई बर्बादि पार्दैछ लाखौ जनता मार्दैछ करोडौ मान्छेलाई रोग सार्दैछ कसैलाई काम गर्न नदिएर बिश्वकै जनतालाई निरास पार्दैछ निराश भएका मानब जाती  कहिले होला यसको अन्त भन्दैछन

“गमलाको बिरुवा” 

बिनोद पोख्रेल :  करेसा बारिमा सुक्दै गरेको बिरुवा आफ्नै घर भित्र ठुलै गमलामा सारे मलजल राखेर स्याहार संभार गरे अलि हुर्काउन बढाउन कोशिस गरे बिरुवा हुर्केछ अलि ठुलो भएछ मेरो आगनको शोभा बढदै गयो मैले अझै अलि बढि हेर चाह गरिरहे गमला ठुलो भएकोले बिरुवा बढदै गयो बाहिर बाट चराहरु पनि आउन थाले आपसि माया प्रेम साटदै खुसि हुन थाले यता आगनमा फोहर गर्न थाले तर मैलाई दुख लागेन आफ्नै गमला थियो खुसि हुदै सफा गर्दै गए फोहर फाल्दै गए तर अहिले गमलाको बिरुवा मात्र होईन आफ्नो घर आगनमै फोहर गर्न थाले जता कतै बिष्ट फ्याक्न थाले अहिले म धर्म संकटमा छु आफैले सम्हालेर राखेको सुन्दर गमला कसरि सहजै बाहिर फ्याक्न सक्छुर आफैले मल जल हालेर हुर्राएको बिरुवा कसरि हाँगा बिंगा छाटन सक्छुर तर बिबस छु आगनमा फोहर धेरै भैसक्यो घर परिवारमै नैरास्यता आई सक्यो अब बिरुवाको छाट काट गर्नै पर्छ कित गमला करेसा बारिमा सार्नै पर्छ अन्यथा मेरो घर परिवारमै कचिंगल हुनेछ घरमै मन मुटाबहरु बढनेछन

फेरिएको परिभाषा (कबिता)

बिनोद पोख्रेल-(हाल न्यूयोर्क) : बिश्वास र भरोसाले बनेको मित्रता बैचारिक जालो भित्र बेरिएको छ हरेक बिहानी पल संग साटिने मित्रता कलमको तिखो धारले सेरिएको छ खै जमाना कस्तो आयो अचेल

“सुन्दर फुल र भवरा“

बिनोद पोख्रेल : (न्यूयोर्क) बगैचामा फुलेको एउटा सुन्दर फुल उखेलेर गमलामा रोपे केहि दिन त फुल्यो जराहरु सुक्दै थिए मल जल हालेको भए अझै केहि दिन फुल्ने थियो तर त्यो

“कालो बादल”

बिनोद पोख्रेल :  बिहानि सुर्य किरण संगै खुलेको त्यो आकास खुसिहरु साटदा साटदै हिउदे यामको छिट फुट बर्षा घाम,पानी र सितलको संसोजन गर्दै त्यो सोतो बादल आकासमा दौडि रहन्थ्यो समय