काठमाडौँ, २६ असोज: नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङ् त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा । तस्वीर : रत्न श्रेष्ठ
काठमाडौँ, २६ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् ।