काठमाडौं । स्वर्गद्वारी आश्रममा वार्षिक दुई लाखभन्दा बढी भारतीय भक्तजनहरु आउँछन् । उनीहरुबाट वार्षिक ५० लाख नेपाली रुपैयाँसम्म दानवापत्को रकम संकलन हुने गरेको छ ।
स्वर्गद्धारी आश्रम नेपालका संन्यास आश्रमहरुमध्ये लामो परम्परा बोकेको सिद्ध तपस्वी आश्रम हो । यसको इतिहास एक सय वर्षभन्दा बढी भइसकेको छ । आश्रमले आध्यात्मिक, धार्मिक र शैक्षिक क्षेत्रबाट योगदान पुर्याउँदै