Logo

नयाँ शक्तिले जितेको ठाउँमा छुट्टै विभाग बनाएर मोडेल काम गर्ने



लुम्बिनी,  ११ फागुन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ शक्तिको समृद्धिको नारा कार्यान्वयन गर्न सरकारमा पुग्नुपर्ने बताउँदै तत्कालको लागि प्रचारात्मकरुपले अभियान लैजानै पनि बताए ।

भट्टराईले नयाँ शक्तिले जितेको ठाउँमा छुट्टै विभाग बनाएर मोडेल काम गर्ने कार्ययोजना ल्याउने समेत बताए । उनले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको बताएका छन् ।

शुक्रबार पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै संयोजक डा.भट्टराईले यस्तो बताएको उनको सचिवालयले जनाएको छ ।

उनले भने, ” संघीयताको कार्यान्वयनबाट सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्नुपर्ने हो । तर, अधिकारभन्दा सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुगिरहेको छ ।”

 



प्रतिक्रिया दिनुहोस्