Logo

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा “क्रिटिकल केयर नर्सिङ ट्रेनिङ प्रोग्राम” शुरु



काठमाडौं, १३ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आजदेखी क्रिटिकल केयर नर्सिङ ट्रेनिङ प्रोग्राम शुरु भएको छ ।

यस ट्रेनिङ कार्यक्रममा अस्पतालमा कार्यरत तथा नर्सिङ पास गरेर बसेका (पिसिएल) तथा (बिएन) नर्सिङ स्टाफहरु सहभागि भएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले दुइसाताअघि दरखास्त आव्हान गरेपछि आवेदन दिएका मध्ये लिखित परिक्षा तथा अन्तर्वार्ता पछि छानिएका २८ जना यस तालिम कार्यक्रममा सहभागि भएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले क्रिटिकल केयर नर्सिङ एसोसिएसन सँगको सहकार्यमा बिशेष पाठ्यक्रम तयारगरी सञ्चालन गरेको ट्रेनिङ प्रोग्राममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु सहित देशभरका अन्य अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुको पनि सहभागिता रहेको छ ।

क्रिटिकल केयर नर्सिङमा रुचि भएका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अन्य बिभागमा कार्यरत नर्सिङ स्टाफहरुलाई समेत क्रिटिकल केयर नर्सिङमा दक्ष बनाउने उद्देश्य सहित संचालित तालिमले नेपालको बिभिन्न स्वास्थ्य संस्थाबाट आएका नर्सिङ स्टाफहरुलाई समेत सहभागि गराएर देशको क्रिटिकल केयर नर्सिङलाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ग्राण्डी अस्पताल र क्रिटिकल केयर नर्सिङ एसोसिएसन सँगको सहकार्यमा शुरु भएको यो तालिम अनुकरणिय बन्न सकोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो । उहाँले यस किसिमको सहकार्यबाट अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुलाई उत्प्रेरणा मिल्नुका साथै देसको स्वास्थ्य उपचार क्षेत्रमा दक्ष जनशक्तिको अभाव पुरागर्न महत्वपूर्ण योगदान पुग्ने समेत जिकीर गर्नुभयो ।

 

त्यसैगरि, नर्सिङ एसोसिएसन अफ नेपालकी उपाध्यक्ष गंगा थापाले नेपालको नर्सिङ क्षेत्रको बिकासकालागि यो क्रिटिकल केयर नर्सिङ कार्यक्रम अत्यन्त सहयोगि हुने बिश्वास व्यक्त गर्नुभएको छ । यस किसिमको तालिम संचालनको अगुवाइगरेकोमा ग्राण्डि अन्तर्राष्ट्रिय अस्पताल र क्रिटिकल केयर नर्सिङ एसोसिएसनलाई धन्यवाद दिनुभयो ।

उहाँले दक्ष तथा अनुभवि बिशेषज्ञ नर्सहरुलाई बिदेश पलायन हुनवाट रोक्नका लागि निति निर्माता तथा समबन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सम्बोधनकै क्रममा उहाँले आप्द्दव हक हितका लागि सम्पूर्ण नर्सहरु एकजुट भएर अघि बढ्न आव्हन समेत गर्नुभयो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले क्रिटिकल केयर नर्सिङ एसोसिएसन सँगको सहकार्यमा आयोजित ट्रेनिङ प्रोग्राममा नर्सिङ एसोसिएसन अफ नेपालकी उपाध्यक्ष गंगा थापा, क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपालकी उपाध्यक्ष बिमला श्रेष्ठ, मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकी सिनियर नर्सिङ एडमिनिस्ट्रेटर तथा सुपरभाईजर जमुना सायमी, त्रिबि शिक्षण अस्पताल महाराजगंजकी नर्सिङ डिरेक्टर कोपिला पालिखे , त्रिबि शिक्षण अस्पताल महाराजगंजकी सिनियर नर्सिङ सुपरभाइजर कल्पना पिया, त्रिबि शिक्षण अस्पताल महाराजगंजकी सिनियर नर्सिङ सुपरभाइजर धनलक्षमी श्रेष्ठ, मनमोहन कार्डियो भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगंजकी नर्सिङ सुपरभाइजर बिमला न्यौपाने, नर्भिक इन्टरनेशनल हस्पिटलकी नर्सिङ डिरेक्टर कबिता सिन्थ्याल लगायतका बिशिष्ठ अतिथिहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्