Logo

‘लु’ नाटकले आर्थिक शोषण गरेको खुलासा



धनराज वास्तविक : काठमाठौं, २६ चैत । अन्यायको मदानिमा रेटिएका अवधिभाषिको जीवन कथामा आधिरत ‘लु’ नाटक मञ्चनको क्रममा आयोजकले कलाकारलाई आर्थीक शोषण तथा अन्याएमा पारेको खुल्न आएको छ ।

नेपालगंज स्थित पथ्थरपुरुवामा रहेका अवधि भाषिको जीवन कथामा आधारित रहेर उपन्यासकार नयनराज पाण्डेले रचना गरेको उपन्यास ‘लु’ फागुन २७ गतेदेखि चैत्र २० गतेसम्म अनामनगरको मण्डला थिएटरमा नाटकको रुपमा मञ्चन गरिएको थियो ।

पीडित कलाकारका अनुसार नाटक मञ्चन अवधिभर ३ हजार दर्शले उक्त नाटक हेरेको र ८ लाखसम्म आर्थिक संकलन गरिएको थियो ।

नाम नखुलाउने सर्तमा केही कलाकारले रिपोर्टर्स क्लबसँग भने,‘राजधानी भन्दा बाहिरबाट आएर बसेका छौँ, कोठा भाडा कसरी तिर्ने, औषधि कसरी गर्ने, उधारो खाएको कसरी तिर्ने, यत्रो दिन भोक नभनि, थकाई नभनि नाटकलाई जीवन्त पार्ने कोसिस गर्यौँ तर आज आएर बढिमा २ हजार हात थमाएर पठायो, मलाई १२०० मात्र दिएको छ।’

सरिता शाहले निर्देशन गरेको उक्त नाटकमा अभिनय गर्ने कलारहरूले आफुले पाएको पारिश्रमिक फिर्ता गर्नेसम्म बताएका छन्।

निर्देशन शाहसँग तपाईले निर्देशन गरेको नाटकमा अभिनय गर्ने कलाकारहरू आर्थिक शोषणमा परे नि त भनेर गरिएको प्रश्नमा उनले भनिन्,‘मलाई यसका बारेमा केही थाह छैन्, निमार्तासँग बुझ्दा राम्रो होला।’

निमार्ता गोपाल अर्यालका अनुसार नाटक अवधिभरमा ‘लु’ उपन्यास बिक्रि सहित ५ लाख ४० हजार, आर्थिक संकलन भएको बताए ।

उनले भने,‘कलाकारहरू नयाँ हुनुहन्छ, खर्च धेरै भएको छ, स्वयम मैले नै पाउनु पर्ने रकम पाएको छैन, अर्को कुरा डाटा कलेक्शन गरिएको कम्यूटर बिग्रिएको र केही डाटासमेत डिलिट भएको छ, कलाकारहरूले यसैलाई आधार मानेर हामीलाई आर्थीक शोसण गरे भनेर भनिरहेका छन् यो गलत हो ।’

आख्यानकार पाण्डेद्धारा लिखित कृतिह घामकिरी र ‘लु’ अत्याधिक रुचाईएका र बिक्रि भएका पुस्तक हुन ।

तस्बिर – सेतोपाटी



प्रतिक्रिया दिनुहोस्

Screenshot