Logo

‘प्रचण्डले जेठ १ गते सरकार नछाडे कांग्रेसले उनलाई छाड्ने’



काठमाडौं २८ चैत । सत्ताको प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउने जेठ १ सरकार छाड्नुपर्ने बताएका छन् । उनले जेठ १ गते प्रधानमन्त्रीले सत्ता हस्तान्त्रण नगरे कांग्रेसले समर्थन फिर्ता गर्ने बताए । नेपाली रेडियो नेवटर्कको नेपाली बहसमा ऋषि धमलासँग् कुराकानी गर्दै उनले अब मधेसी मोर्चाको माग पुरा गरेर स्थानिय चुनाव समयमा गर्नुपर्ने र समयमा नै प्रचण्डले सत्ता छाड्नुपर्ने बताए ।

उनले कांग्रेसको सहमति अनुसार नै प्रचण्ड अगाडी बढ्नुपर्ने र त्इसो नभए चुनाव छाड्नुपर्ने बताए । ‘मधेसी मोर्चाको माग पुरा गरेर चुनाव गर्नुपर्ने र माग पुरा नभए चुनाव केहीपछि सारेर प्रचण्डले सत्ता छाड्नुपर्छ’ उनले भने । आईजीपी प्रकरणमा प्रधानमन्त्री र सभापति शेरबहादुर देउवा दुइटैले गल्ती गरेको उनले बताए ।

नेपाली कांग्रेसले पनि सर्वोच्च अदालतको आदेशविपरित गरेर आईजीपी प्रकरणमा गल्ती गरेको बताए । ‘कानुन र अदालतले आदेश अनुसार नै आर्इृजीपी बनाउनुपर्छ ’ उनले भने, ‘नागरिकका हैीसयतले मलाई आज नै आईजीपी चाहिन्छ यसमा कांग्रेस फसेको छ ।’ त्यस्तै उनले बरियतामा पनि कांग्रेसका सभापतिले गल्ती गरेको बताए । ठूलो दलको हैसियतले गृहमन्त्री विकलेन्द्र निधि नै बरियतामा दोस्रो हुनुपर्ने र त्यो निर्णय प्रधानमन्त्रीले लिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्