
काठमाडौं, साउन १२ । नेपाल प्रहरीले २८९ जना लेखापालहरुको सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले शुक्रबार २८९ जना लेखापालहरुको सरुवा गरेको हो ।
प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरुलाई अर्को आदेश नभएसम्मको लागि लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी काज खटाइएको हो । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन निर्देशानुसार अनुरोध समेत गरेको छ ।

















