Logo

प्रचण्डद्वारा सबै कम्युनिष्टहरुलाई एकतावद्ध बनाउने प्रतिवद्धता



काठमाडौं, ३१  चैत्र । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी क्रान्तिकारीहरुसहित सबै कम्युनिष्टहरुलाई एकतावद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्र र वाम नेता टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो । उ

हाँले मानव मुक्ति र स्वतन्त्रता प्राप्तिका लागि कम्युनिष्ट दर्शन विश्वमै सबैभन्दा बैज्ञानिक र पछिल्लो विकसित दर्शन भएको बताउँदै सबै कम्युनिष्ट क्रान्तिकारीहरु मिलेर कम्युनिष्ट क्रान्तिलाई पूर्णता दिनुपर्ने आवश्यकतामाथि जोड दिनु भयो ।

प्रधानमन्त्रीले देशमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको र यो निर्वाचनले परिवर्तनपछि ऐतिहासिकरुपमै शिंहदरवारको अधिकार गाउँमै पु¥याउने बताउनु भयो ।

उहाँले निर्वाचन हुन नदिने, विथोल्ने वा असफल पार्न षडयन्त्र गरिरहेका तत्वका विरुद्ध परिवर्तनकारीहरुलाई एकतावद्ध हुन आग्रह गर्दै आगामी बैशाख ३१ गतेको निर्वाचनलाई उत्साहका रुपमा सफल पार्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

उहाँले माओवादी क्रान्तिकारीहरु खासगरी कम्युनिष्ट क्रान्तिकारीहरुलाई विभिन्न ठाउँमा भौतारिन छाडेर एकीकृत पार्टी निर्माणमा सहभागी बन्न आग्रह गर्दै पार्टी एकता प्रक्रिया जारी रहने बताउनु भयो ।

टंक राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु अमेम्बर राई, रामहरी कार्की, परशु कार्की, वाङ्छु लामा, राजकुमार खत्री, पवित्रा जेम्जोङ, यमु गैरे, राम कुमार चौधरी, धनकाजी राईसहितका केन्द्रीय नेताहरु तथा विभिन्न जन वर्गीय संगठन तथा जिल्ला समितिहरु माओवादी केन्द्रसँग एकीकृत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot