Logo

प्रधानमन्त्रीद्वारा उद्योण बाणिज्य महासंघको नव निर्वाचित नेतृत्वलाई बधाई



चैत्र ३१, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल उद्योण बाणिज्य महासंघको नव निर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा उद्योण बाणिज्य महासंघको नव निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले बधाई ज्ञापन गर्नु भएको हो ।

प्रधानमन्त्रीले महासंघमा केही गरौ भन्ने भावनाद्वारा प्रेरित नमूनायोग्य टिम नेतृत्वमा आएकोमा खुशी व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रबीच जति सहकार्य हुन सक्छ, त्यति छिटो विकास र सम्वृद्धिमा जान सकिने बताउँदै देशमा राजनीतिक स्थिरता हुनासाथ विकास र निर्माणको गति पैदा हुने बिश्वास व्यक्त गर्नु भयो ।

उहाँले आगामी बजेट निजी क्षेत्र मैत्री हुने वताउँदै पुराना ऐन कानूनमा समयानुकूल परिमार्जन गर्दै लगिने जानकारी दिनु भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot