Logo

प्रधानमन्त्री समक्ष कार्यदलका प्रतिवेदन प्रस्तुत



काठमाडौं, ३१ चैत्र । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष द्वन्द्वका घटनाहरु छानविन तथा त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधान सम्वन्धी दुई छुट्टा छुट्टै कार्यदलले आज प्रतिवेदन बुझाएका छन् ।

आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी नेतृत्वको कार्यदलले त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधानसहितको प्रतिवेदन पेश गरेको छ ।

यसअघि चितवनको रामपुरस्थित कृषि क्याम्पस रहेकै स्थानमा कृषि तथा वन विज्ञान विश्व विद्यालय स्थापना भइसकेको सन्दर्भमा त्रिभुवन विश्व विद्यालयसँग समझदारी कायम गर्ने गरी प्रतिवेदन पेश भएकोमा प्रधानमन्त्रीले कार्यदललाई धन्यवाद दिनु भएको छ ।

यसैगरी द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परिक्षण सम्वन्धी कार्यदलले प्रधानमन्त्री ज्यूको उपस्थितिमा शान्ति मन्त्री सीतादेवी यादवलाई बुझाएको प्रतिवेदन उहाँले प्रधानमन्त्रीलाई बुझाउनु भयो ।

प्रतिवेदनमा पन्ध्र हजार तीन सय पाँच घटनाहरुको छानविन तथा अध्ययन विवरणसहित आवश्यक सुझाव दिइएको छ । प्रधानमन्त्रीले कार्यदलमा संलग्न सबैप्रति आभार व्यक्त गर्दै महत्वपूर्ण सुझावसहितको प्रतिवेदन पेश गरेकोमा धन्यवाद दिनु भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot