Logo

संसद विघटन गरी चुनाव गरेर देखाउन बाबुरामको चूनौति



काठमाडौं, ३१ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटन गरेर चुनाव गरेर देखाउन तीन ठूला दललाई चुनौती दिएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले यस्तो चेतावनी दिएका हुन् । उनले ठूला दलले माघ ८ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको कामलाई अघि बढाउन नचाहेको जिकिर पनि गरे।

भट्टराईले ठूला तीन दल सत्ताको भागबण्डामा मात्रै केन्द्रित भएको आरोप पनि लगाए।



प्रतिक्रिया दिनुहोस्

Screenshot