बनियानी (झापा), १ वैशाख । नयाँ वर्षको शुभारम्भसँगै बिर्तामोडमा आजदेखि नयाँ दैनिक पत्रिका ‘इजलास दैनिक’को प्रकाशन सुरु भएको छ ।
टाइम्स मिडिया प्रालिद्वारा प्रकाशित सो पत्रिकाको सांसद प्रेम गिरीले विमोचन गर्दै सांसद गिरीले राज्यले सञ्चार क्षेत्रको विकासमा सक्दो सहयोग गर्नुपर्छ भन्नुभयो ।
पत्रिकाका सम्पादक प्रदीप परियारले सत्यतथ्य र विकासमुखी पत्रकारिताका लागि ‘इजलास दैनिक’ आएको बताउनुभयो । यससँगै झापामा दैनिक पत्रिकाको सङ्ख्या १० पुगेको छ । रासस
प्रतिक्रिया