काठमाडौं, २ वैशाख । आफ्नो घरजग्गा जालझेलपूर्ण तरिकाले अर्कैले बेचिदिएपछि घरबारविहीन अवस्थामा पुगेका पीडित मानबहादुर लिम्बुले न्यायको निम्ति अपिल गरेका छन् ।
शनिबार रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी पीडित लिम्बुले आफूलाई न्याय दिलाउन सबैसँग अपिल गरेका हुन् ।
पुख्र्यौली घर ताप्लेजुङ, थेचम्बु–४ रहेका लिम्बु केही वर्षदेखि ललितपुर इमाडोलमा घर बनाई बस्दै आएका छन् । आफूलाई घरव्यहार चलाउन खर्च आवश्यक परेपछि उनले आफूसँग भएको आठ आना जग्गा १५ लाख रुपैयाँमा बैंकमा धितो राखेका थिए ।
पछि छिमेकीले आफ्नै जग्गा साँधमा रहेको दुई आना तीन पैसा जग्गा बेच्ने भएपछि उनले थप २० लाख रुपैयाँ ऋण लिए । ऋण लिनको लागि चिनजानमा रहेका कुपण्डोल निवासी विनोदबहादुर खड्कासँग सल्लाह गरे । तर, ऋण लिन खड्काले धितो रहेको जग्गा आफ्नो नाममा राजीनामा गरिदिन अनुरोध गरे । लिम्बु पनि खड्काको विश्वासमा परी आफ्नो नाममा रहेको आठ आना जग्गा राजीनामा पास गरिदिए ।
जग्गा लिएपनि बीचमा थप ७ लाखका लागि लिम्बुले खड्कालाई नै गुहारे । खड्काले पैसा चाहिए अर्को दुई आना तीन पैसा जग्गा पनि आफूलाई राजीनामा करार गरिदिएमात्रै पैसा दिने बताए । यसपछि लिम्बुले थप दुई आना तीन पैसा जग्गा पनि खड्कालाई राजीनामा करार गरी दिए ।
पछि ऋण चुक्ता गर्न बैंकले ताकेता गर्न थालेपछि सोही जग्गा बेच्ने निधो गरे । ‘बैंकको लोन तिर्न हामीले एक करोड ११ लाख रुपैयाँ माजग्गा बेच्यौं’, लिम्बुले पत्रकार सम्मेलनमा भने, ‘बैंकको ऋण तिरेपछि उभ्रिएको पैसा खड्काले आफूले चलाइराख्ने र पछि तिर्ने शर्त राखे । मैले पनि दिएँ ।’
यसपछि खड्का सम्पर्कविहीन हुन थाले । सम्पर्क गर्दा पनि फोन नउठाउने गर्न थाले । तर, पछि आफू बसिरहेको घरजग्गा अर्कैले दाबी गर्दै आएपछि उनी छाँगाबाट खसे ।
हाल उनले साबिक भोगचलन गरिरहेको घरजग्गा तीन–चार जनाबीच किनबेच भइसकेको छ । उनले खड्काबाट ठगिएको महसुस गरेपछि न्यायलय धाए । ‘तर, अदालतले मसँग खड्कासँग गरिएको करार कागज हुँदाहुँदै पनि हराइदियो’, उनले दुःखेसो गरे ।
हाल उनी जिल्ला अदालत र पुनरावेदन अदालतमा समेत सो मुद्दा हारेपछि सर्वोच्च धाउने अन्तिम अवस्थामा छन् । साथै, उनलाई घरजग्गा खाली गर्न डर, धाकधम्की आउने गरेकाले शान्तिसुरक्षा र न्यायको लागि पत्रकार सम्मेलनमा अनुरोध गरेका छन् ।
प्रेस विज्ञप्तीसहित
प्रेस विज्ञप्ति
रिर्पोटर्स क्लव—काठमाडौं
मितिः२०७४।१।२
मेरो पूर्खौली घर ताप्लेजुङ्ग जिल्ला साविक थेचम्बु—४ हो । उपत्यकाको ललितपुर साविक इमाडोल—८ मा मेरो स्थायी बासोबास रहेको छ । घर व्यवहार गर्ने क्रममा म माथि ठूलो षड्यान्त्र, जालझेल र ठगी भयो । जसको कारण मेरो पारिवारिक जीवनमा समेत ठूलो नकारात्मक प्रभाव प¥यो । अहिले म एक प्रकारको सडक व्यक्ति जस्तै भएको छु । परिवार लथालिङ्ग भएको छ । न्याय माग्न लामो समय अदालतको ढोका ढकढक्याए त्यहाँबाट पनि मलाई न्याय दिइएन । मेरो दुःख, पीडा पत्रकार मित्रहरु मार्फत नेपाली सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गर्ने उदेश्यले पत्रकार सम्मेलनको आयोजना गरेको हुँ । सार्वजनिक गरेर सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु ।
घट्ना विवरण यस्तो छ । मेरो ताप्लेजुङ्गमा रहेको पैतृक सम्पति विक्री गर्नुको साथै छोराबुहारीले वैदेशिक रोजगारीबाट कमाएको रकमले ललितपुर इमाडोल—८ मा दुई वटा कित्ता गरी आठाना (मालपोत कार्यालय ललितपुरको कि.नं.१०९५ र १०९६) मेरो श्रीमती फिपरानी बोखिम लिम्बूको नाममा जग्गा किने । उक्त जग्गाबाट हामीले १५ लाख रुपैया बैंकबाट ऋण लिएको थिए । मेरो जग्गाको सीमानासँग सटिएको आर्को दुइ आना जग्गा छिमेकीले बिक्री गर्ने भएपछि मलाई अरु रकमको आवश्यक प¥यो ।
चिनजानमा रहेका ललितपुर उपमहानरपालिका २१ का विनोद बहादुर खड्कासँग सल्लाह गर्दा मलाई बैंकबाट थप २० लाख रकम निकाल्न सहयोग गर्ने कुरा भयो । ऋण लिन दुवै कित्ता जग्गा आफ्नो नाममा राजिनामा पास गरिदिनु पर्ने खड्काले भनेपछि जग्गा फिर्ताको करारनामा कागज गरेर पास गरिदिए । ऋण पाएपछि मैलो सीमानामा रहेको कि.नं. १४३९ को दुई आना तीन पैसा जग्गा मेरो नाममा किने र चार काठे घर बनाएर बस्दै आएको छु । जग्गा किनेको केही महिनापछि मलाई थप ऋण आवश्यक प¥यो । करार फिर्ता गर्ने अर्को कागज गरेर २०६६ चैत्र २९ गते धितो स्वरुप दुई आना तीन पैसा जग्गा विनोद बहादुर खड्कालाई राजिनामा पास गरेर ७ लाख ऋण लिए ।
ऋण बढी भएपछि खड्काकै सल्लाहामा अघिल्लो दुई कित्ता गरी आठाना जग्गा फिपरानीले १ करोड ११ लाखमा विक्री गरियो । ऋण तिरेर बाँकी रहेको ७६ लाख पनि विनोद बहादुर खड्काले केही महिना ऋण स्वरुप चलाउने भनेपछि कपाली तमसुक गरेर चलाउन दिए । भाका पुगेपछि विनोद बहादुर खड्कालाई कि.नं. १४३९ को जग्गा र नगद फिर्ता माग्न थाले । रकम दुई महिनापछि, तीन महिनापछि दिन्छु भन्दै टार्न थाल्यो । रकमको कपाली तमसुक र जग्गा करार फिर्ता गर्ने बलियो कागज मसँग अहिले पनि सुरक्षित छ । विस्तारै विनोद वहादुर खड्का फोन नउठाउने, काट्ने, स्वीच अफ गर्दै सम्पर्कमा आउनै छाड्यो । बुझ्दै जाँदा मलाई करार फिर्ता गर्नुपर्ने दुई आना तीन पैसा जग्गा खड्काले सानुलाल महर्जनलाई महर्जनले उत्तम महर्जन, राजु व्यन्जनकारलाई बिक्री गरेको र उनीहरुले फेरि रोशन बज्रचार्यलाई मिलेमतोमा मलाई फसाउने सड्यान्त्र सहित बिक्री गरेको पाएँ । जुन जग्गामा मेरो घर छ । हाम्रो परिवार त्यही अहिले पनि बस्दै आएका छौं ।
विनोद वहादुर खड्काले जानिबुझिकन योजनाबद्ध हिसावले जालझेल गरेर फसाउने प्रयास गरेपछि मैले ललितपुर जिल्ला अदालतमा रकम तथा करार फिर्ताको मुद्धा दायर गरेँ । मेरो विष्णुबहादुर सुब्बा, छोरीहरु रिणा र मञ्जिता लिम्बूले अंशबण्डाको माग दावि गर्दै म र मेरी श्रीमती फिपरानी विरुद्ध मुद्धा दायर गरेको थियो । जिल्ला अदालतले मेरो करार फिर्ताको आधार प्रमाणहरु हुदाहुदै पनि २०७१ बैशाख २८ गते न्यायाधीश टेकनारायण कुँवरले मेरो विरुद्ध फैसाला सुनायो । छोराछोरीले लगाएको लिखत बद्धर नहुने ठहर गरिदियो ।
जिल्ला अदालतबाट न्याय नपाएपछि उच्च अदालत (पुनरावेदन) पाटनमा मुद्धा दायर गरेँ । उच्च अदालतका न्यायाधीश लेखनाथ घिमिरे र पदमराज भट्टले समेत २०७३ पौष १७ गते जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि जालिझेली विनोदबहादुर खड्का, रोशन बज्रचार्य, राजु व्यन्जनकार सहित तीन न्यायाधीशबाट समेत म माथि घोर अन्यय भएको पत्रकार ज्युहरु मार्फत सचेत नेपालीहरुलाई मेरो पीडा सुनाउन चाहन्छु । अदालतको फैसलापछि विभिन्न नचिनिएको व्यक्तिहरु (गुण्डा) प्रयोग गरेर ज्यान मार्ने धाकधम्कि सहित मलाई मेरै घरबाट निकाल्न पटक—पटक प्रयास भइरहेकोले शान्ति सुरक्षाको समेत माग गर्दछु ।
म र मेरो परिवारले जीवनभर कमाएको रकम जालीझेलीहरुले सकिदियो । जग्गा र चलाएको रकम फिर्ता गर्छु भन्ने विनोद वहादुर खड्काको स्पष्ट औठा छाप सहितको करारनामा र रकम फिर्ता गर्छु भन्ने तमसुक हुदाहुदै अदालतले समेत मलाई न्याय नदिनुमा के रहस्य छ ? म जस्ता धेरै व्यत्तिहरुm अन्ययमा परेको हुन सक्छ पत्रकार मित्रहरुले खोजि गरेर यस्ता अन्यय गर्ने, जालझेल गर्ने जुनसुकै व्यक्तिहरु विरुद्ध भण्डाफोर गर्न आग्रह गर्दछु ।
साथै विनोदबहादुर खड्काले पछिल्लो पटक २०७१ भाद्र ६ गते सावा, व्याज गरी ९७ लाख ८० हजार रुपैया फिर्ता गर्ने तमसुक मसँग छ । करिव एक करोड मूल्य बराबरको घर, जग्गा फिर्ताको लागि सहयोग गरिदिन सवै पक्षसँग हार्दिक अनुरोध समेत गर्दछु । सवैतिर न्याय नपाइपछि, साथ साहायोग नपाइएपछि रोइरोइ हिड्नुको विकल्प छैन । पत्रकार मित्रहरुसंग सहयोग माग्दछु । प्रचारप्रशार गरेर सहयोग गरिदिन पुन हार्दिक आग्रह गर्दछु ।
मानबहादुर लिम्बू, पीडित