Logo

सार्वजनिक स्थानमा खानेपानीको ट्यांकी राख्न मन्त्रीको निर्देशन



काठमाडौं, ३ बैशाख । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले सार्वजनिक स्थानमा खानेपानीको ट्यांकी राख्ने व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० लाई निर्देशन दिएका छन् ।

गर्मि तथा सुखायम सुरु भएकाले जनतालाई केहि राहत दिन भन्दै मन्त्री शाहीले त्यस्तो निर्देशन दिएका हुन् । पानी प्रयोग गर्न नपाएर जनताले समस्या भोग्ने अवस्थाको अन्त्य गर्न आफूले विशेष राहतको कार्यक्रम ल्याउने तयारी गरिरहेको बताउंदै मन्त्री शाहीले त्यसका लागि पूर्वाधार निर्माण गर्न केयुकेएललाई निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिंदै मन्त्री शाहीले भने,‘ गर्मीको याममा बढी मात्रामा पानीको आवश्यकता पर्छ । यो समयमा शुद्ध पानीको प्रयोग गर्न नपाएर नागरिकले बिभिन्न रोगको सिकार हुनुपर्ने अवस्था आउँछ । यसले गर्दा ठूलो समस्या निम्तन्छ । सरकार भनेको जनतालाई सेवा सुविधा उपलब्ध गराउने निकाय हो । जनताको समस्या समाधान गर्नका लागि नै सरकार बनेको हो । हामीले जन हितमा काम गर्नुपर्छ । त्यसैले सहुलियत रुपमा जनतालाई खानेपानी उपलब्ध हुने गरि सार्वजनिक स्थलमा पानीको ट्यांकी राख्ने व्यवस्था गर्नुपर्छ ।’

उनले निरन्तर लागेर भएपनि यो समयमा खानेपानीको समस्या केहि हदसम्म समाधान गर्ने आफ्नो कार्ययोजना रहेको बताए ।

मन्त्री शाहीले केयुकेएललाई खानेपानी उत्पादन वृद्धि गर्न र खानेपानीको उचित व्यवस्थापन गर्दै जनतालाई राहत दिनका लागि वेलहरुको आवधिक मर्मत सम्भार गर्न , पानी अभाव हुन नदिनका लागि थप ट्युबेल निर्माण गर्न,विभिन्न वेलहरुमा ट्यांकरमा पानी भर्न मिल्ने व्यवस्था गर्न ,पानीको अभाव हुन नदिन ट्यांकर भाडामा लिएर भएपनि नागरिकलाई सहुलियत रुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन् ।

त्यस्तै उनले सार्वजनिक स्थानमा खानेपानीको ट्यांकी राख्न ,सतहगत तथा जमिन मुनिको पानीको चुहावट पहिचान गरि उचित व्यवस्थापन गर्न र मर्मत सम्भार गर्न भनेका छन् ।

सडक विस्तारका क्रममा बिग्रिएका खानेपानी संरचनाहरु मर्मत सम्भार गर्दै खानेपानी सेवा विस्तार अभिवृद्धि गर्न समेत मन्त्री शाहीले निर्देशन दिएका छन् ।
सरकारले जनतालाई सहुलियत रुपमा सुद्ध खानेपानी उपलब्ध गर्न सक्यो भने खानेपानी लिमिटेड माथिको विश्वास पनि बढ्ने र जनतालाई राहत पनि मिल्ने उनले बताए ।

मन्त्रीको निर्देशन पछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले निर्देशन बमोजिमको व्यवस्थापन गर्न तत्काल १० करोड आवश्यक पर्ने भनेपछि त्यसलाई सम्बोधन गर्नका लागि मन्त्री शाहीले सापटी स्वरूप १० करोड रुपैंयाँ उपलाब्ध गराउन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिएका छन् ।
मन्त्री शाहीले सरकारी निकायबाट खानेपानीको बक्यौता रकम उठेपछि फिर्ता गर्ने गरि तत्कालको समस्या समधान गर्नु पर्ने भएकाले उक्त रकम उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

उनले सरकारी निकायबाट उठ्नुपर्ने खानेपानी बक्यौता उठाउन आफूले अभियान संचालन गरेको भन्दै त्यो बक्यौता रकम उठेपछि खानेपानी व्यवस्थापन बोर्डलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेडको खाताबाट सापटी रकम फिर्ता गरिदेने भनेका छन् ।

खानेपानी सहुलियत रुपमा उपलब्ध गराउन भौतिक संरचना निर्माण गर्नुपर्ने भएकाले रकम सापटी उपलब्ध गराउनु पर्ने आएको मन्त्री शाहीले बताए । मन्त्री शाहीले अघि थपे ,“अहिलेकाठमाडौं उपत्यका खानेपानी लिमिटेडले सार्वजनिक स्थानमा ट्यांकी राख्न लगायतका भौतिक पूर्वाधार निर्माण गर्न १० करोड रुपैंयाँ आवश्यक पर्छ भनेको छ । त्यति रकम काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सापटी दियो भने गर्मीको समयमा जनतलाई राहत दिने कार्यक्रम संचालन गर्न र खानेपानीको आपूर्ति प्रभावकारी बनाउन सकिन्छ । सरकारी निकायबाट उठ्नुपर्ने खानेपानी बक्यौता उठेपछि तत्काल केयुकेएलले लगेको सापटी फिर्ता गराउँछु । जनतलाई राहत दिने कार्यक्रममा बोर्डले पनि सहयोग गर्नुपर्यो ।”

खानेपानी बक्यौता उठेपछि बोर्डलाई फिर्ता गरेर बाँकि रहेको रकमबाट चुहावट नियन्त्रण गर्न र ट्युबेल निर्माण गरेर बिहान बेलुका थप एकरएक घण्टा पानी दिने व्यवस्था मिलाउन समेत मन्त्री शाहीले केयुकेएलाई निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सरकारी निकायहरूबाट उठाउनुपर्ने बक्यौता रकम ४२ करोड ३१ लाख १९ हजार ४ सय १५ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot