Logo

एमाले काठमाडौंद्धारा पार्टी प्रतिनिधिहरुलाई प्रशिक्षण



काठमाडौं, ३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले काठमाडौं जिल्ला संगठन कमिटीले आफ्ना पार्टी प्रतिनिधिहरुलाई स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन कानुन र आचार संहितावारे प्रशिक्षण दिने भएको छ ।

काठमाडौं जिल्लाको काठमाडौं महानगर पालिकाका र अन्य नगरपालिकामा वडा अध्यक्ष र सदस्यका नाम सिफारिस भइरहेका बेला जिल्ला संगठन कमिटीले कार्यकर्ताहरुलाई कानुनी र निर्वाचन आचार संहिताबारे प्रशिक्षण दिन लागेको हो ।

आइतबार बसुन्धरास्थित सीमा पार्टी प्यालेसमा जिल्ला भित्रका १ सय ८० शाखा कमिटीका पदाधिकारीहरुलाई बोलाई प्रशिक्षण दिन लागेको हो । सबै शाखा कमिटीबाट ५–५ जनाका दरले एमाले कार्यकर्ताहरु सहभागि हुँदैछन् ।

भेलामा पार्टी उपाध्यक्ष भीम रावल र पोलिटब्युरो सदस्य अग्नी खरेलले निर्वाचन कानुन र निर्वाचन आचार संहिताबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot