Logo

राष्ट्रपति भ्रमण गरी फर्कने दिन दिने भनिएको सार्वजनिक विदा रद्द



काठमाडौं, ४ बैशाख । सरकारले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको सार्वजनिक विदा कटौती गरेको छ।

स्रोतका अनुसार चौतर्फी विरोधका बाबजुत आजको विदा यथावत रहे पनि आगामी शुक्रबारको बिदा फिर्ता लिने निर्णय गरेको हो।

यसअघि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण बेला दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारी भारत जाने दिने वैशाख ४ र स्वदेश फर्कने दिन वैशाख ८ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot