Logo

देउवाले भने,‘चुनाव बैशाख ३१ मै हुन्छ’



काठमाडौं, ६ बैशाख । प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैशाख ३१ गते नै स्थानीय तहको निर्वाचन हुने स्पष्ट पारेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने,‘चुनाव हुन्छ, बैशाख ३१ मै हुन्छ ।’

प्रमूख पाँच राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।

बैठकले निर्धा्रित मितिमै एकतावद्ध भएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot