Logo

उपेन्द्र यादवले धमलालाई सोधे : पार्टी एकता गरौं कि नगरौं ?



काठमाडौं, ८ बैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकताको अन्तिम प्रयास भैरहेको छ ।

पार्टी एकता एक दुई दिनभित्रै गर्नेगरि दुवै पार्टीका शीर्ष तहका नेताहरुवीच अहिले गहन छलफल भैरहेको छ । पछिल्लो समय पार्टी एकताको लहर नै चलेको छ । हालैमात्रै मधेश केन्द्रित ६ वटा दलहरुवीच एकता भएको छ । हुन त यादव र भट्टराईवीच पार्टी एकताको प्रयास लामो समयदेखि चलिरहेको थियो । तर अहिलेसम्म औपचारिक घोषणा हुन सकेको छैन ।

सूत्रहरुले बताए अनुसार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले पत्रकार ऋषि धमलासँग पार्टी एकता गरौं कि नगरौं भनेर सोधेका थिए । यादवको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘ऋषिजी म अहिले पार्टी एकता गरौं कि के गरौं ? धमलाले जवाफ दिए,‘गर्नुहोस्, एकता गरेर जानुहोस्, तपाई र बाबुरामजीबीचको एकता होस्, सफल होस्, संविधान संशोधन र कार्यान्वयनमा मिलेर जानुहोस् ।’

पत्रकार धमलासँगको कुराकानीमा अध्यक्ष यादवले पार्टी एकताबारे खाका कोर्ने काम भैरहेको जानकारी दिए । एकताको लागि दुवै नेताहरुवीच अहिलेसम्म त्यस्तो खासै ठूलो विवाद देखिएको छैन । चुनाव चिन्ह, नाममा र नेतृत्वमा विवाद नरहेको स्रोतको दाबी छ।

एकता गर्न सहमत भएका छन् । साथै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन ‘पार्टी एकता संयोजन समिति’ गठन भएको छ । नयाँ शक्तिका संयोजक भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष यादवले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकता संयोजन समिति गठनको घोषणा गरेका हुन् ।

दुई पार्टीका प्रमुख डा. भट्टराई र यादवसँगै संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राई छन् । वक्तव्यमा भनिएको छ,”यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot