Logo

सिलवालमाथि कुनै पनि कारवाही अघि नबढाउन अन्तरिम आदेश



काठमाडौं, १२ बैशाख । सर्वोच्च अदालतले नेपाल प्रहरीका डीआईजी नवराज सिलवालमाथि छानविन लगायतका कुनै पनि कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरु जगदिश शर्मा पौडेल, ईश्वर खतिवडा र तेजवहावदुर केसीको संयुक्त इजलासले अदालतमा बिचाराधीन मुद्दाको किनारा नलागेसम्म कुनै कारवाही अघि नबढाउन आदेश दिएको हो ।

आईजीपी नियुक्तिमा सिलवालले आफूमाथि अन्याय भएको भन्दै दायर गरेको मुद्दाको बैशाख १९ गतेबाट पूर्ण इजलासले सुुनुवाई हुँदैछ ।

सरकारी कागज किर्ते गरेको अभियोगमा सरकारले डीआईजी सिलवालमाथि छानविन थालेको थियो । डीआईजीकै नेतृत्वमा बसेको छानविन समितिले सोमबार सिलवाललाई पक्राउ गरेर बयान लिने प्रयास गरेको थियो । तर बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेपछि सिलवाल छुटे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot