Logo

प्रधानमन्त्री र राजपा नेपालका शीर्ष नेताहरुवीच कुरा मिल्यो



छाता चुनाव चिन्ह प्रदान गर्न पहल गर्ने 

काठमाडौं, १४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नवगठित राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुवीचको बैठक सम्पन्न भएको छ ।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालसामू राजपा नेपालका नेताहरुले आफ्नो पार्टीलाई छाता नै चुनाव चिन्ह प्रदान गर्न आग्रह गरेका थिए । यसमा प्रधानमन्त्री दाहाल सकारात्मक रहेको र सहयोग गर्ने प्रतिबद्धतता जनाएका थिए।

राजपा नेपालका शीर्ष नेता राजेन्द्र महतोले पत्रकार ऋषि धमलासँग भने,‘हामीले स्थानीय तहको संख्या बढाउने निर्णयबाट सरकार किन ब्याक भयो भनेर प्रश्न गरेका थियौं, उहाँले एमालेसँग सम्झौता गरेर जानको लागि यस्तो गरेको हो भने भन्नुभयो, तर उहाँले संख्या बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।’

राजपा नेपालका नेताहरुले संख्या बढाउने परिपत्र फिर्ता लिएकोबारेमा प्रश्न गर्दा प्रधानमन्त्रीले संख्या बढाउने विषयमा कुनै शंका, उपशंका नगर्न आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले संख्या बढाउने सहमतिबाट आफू एक ईन्चपनि ब्याक नहुने प्रतिबद्धता जनाएका छन् ।

छलफलमा संविधान संशोधन विद्येयकलाई द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो । बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot