Logo

संशोधन प्रस्ताव पारित नभएपनि मोर्चाले पहिलो चरणको निर्वाचनमा भाग लिने



काठमाडौं, १७ बैशाख । व्यवस्थापिका–संसदमा रहेको परिमार्जनसहितको संविधान संशोधन प्रस्तावमाथि अब बैशाख २१ गतेबाटमात्रै छलफल सुरु हुने भएको छ ।

संसद बैठक तीन दिन पछि राखिएको छ । यसको प्रमुख कारण भनेको नै काँग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेशी मोर्चावीचको आन्तरिक सहमति हो ।

नवगठित राष्ट्रिय जनता पार्टी नेपालले संशोधन प्रस्ताव पारित नभएपनि अब पहिलो चरणको निर्वाचनमा भाग लिने भएको छ । उनीहरुले चुनावको लागि उम्मेद्धवारी दिने तयारी समेत गरेका छन् । काँग्रेस सांसद रामहरी खतिवडाका अनुसार संशोधन प्रस्ताव पारित नभएपनि पहिलो चरणको निर्वाचनमा मोर्चाले सहभागी जनाउने करिब करिब निश्चित नै भएको छ।

यसअघि मोर्चाले संशोधन पारित नभएसम्म कुनैपनि निर्वाचनमा भाग नलिने अडान लिएको छ । मोर्चाका शीर्ष नेताहरुले चुनावमा जान आफूहरु आँतुर भएको भएपनि पहिला संशोधन प्रस्ताव पारित गराउनुपर्ने अडान लिँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot