Logo

हाम्रो चिन्ता संविधान संशोधन हो, महाअभियोग होईन : राजपा नेपाल



काठमाडौं, १८ बैशाख ।नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेता बृषेशचन्द्र लालले कार्कीमाथि लागेको महांअभियोगको बिसयमा आफूहरुले छलफलबाट पछि निर्णय लिने स्पष्ट पारे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो आभियोगमा गम्भिर आरोपहरु लागेका छन्, त्यसैले यी आरोपमा संसदमा छलफल गर्न दिनुपर्छ।’ उनले महाअभियोग संवैधानिक रुपमा दर्ता भएको स्पष्ट पारे ।

यद्धपी उनले आफूहरुलाई यतिवेला महाअभियोगको विषयमा भन्दापनि संविधान संशोधनको विषयमा बढि चासो र चिन्ता रहेको स्पष्ट पारे । उनले भने,‘पहिला संविधान संशोधन हुनुपर्छ, हाम्रो चिन्ताको विषय यो हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै लालले अहिलेको राजनीतिक घटनाको बारेमा पार्टीको बैठकमा छलफल गरेर निर्णय गर्ने स्पष्ट पारे । न्यायालयमा राजनितिक नियुक्ति भएकोले राजनितिक हस्तक्षेप भएको बताउँदै भने,‘प्रधानन्यायाधिशलाइ लगाएको आरोप गम्भिर छन्।’ उनले २५ प्रतिशत सांसदहरुले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव दर्ता गराएको अवस्थामा यो गलत हो भनेर पहिल्यै भन्न खोज्नु संसदमाथि एकाधिकार जमाउन खोज्ने प्रयास भएको टिप्पणी गरे ।

कांग्रेस र माओवादीका सांसदहरुले कार्कीमाथि आईतबार महाअभियोग दर्ता गरेका हुन् । मीनबहादुर विश्वकर्मा प्रस्ताव र माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक छन् र २४९ जनाले हस्ताक्षर गरेका छन् । संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot