Logo

प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतमा ‘इन'(फोटोफिचर)



काठमाडौं २४ बैशाख । प्रधानन्यायाधीश सुशील कार्कीले औपचारीक रुपमा कार्यभार सम्हालेकी छन् । सर्वोच्च अदालतको आदेशपछि कार्कीले आज सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेकी हुन् ।

प्रधानन्यायाधीश कार्की बिहान सवा ९ बजे बा २ घ ११७५ नम्बरको गाडीमा सर्वोच्च अदालतमा प्रवेश गरेकी थिएन । सुरक्षसहित अदालत पुगेकी उनलाई अदालतमा न्यायाधीश र कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबारे सर्वोच्च अदालतको आदेशपछि मध्यमार्गी बाटोबाट समाधान निकाल्ने तयारी छ। सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको निर्णयमा संसदमा महाअभियोग प्रस्ताव लगिएपछि उनी निलम्बनमा परेकी थिइन्। तर शुक्रबार न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजालसले महाअभियोग प्रस्ताव अघि नबढाउन संसदलाई आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि कार्कीले शुक्रबारबाटै सर्वोच्चमा हाजिर हुनसक्ने कानुनी बाटो खुलेको थियो।

वैशाख १७ मा कांग्रेस(माओवादीका २४९ जना सांसदले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।



प्रतिक्रिया दिनुहोस्