Logo

महाअभियोगबाहेक अन्य विषयमा सरकारलाई राप्रपाले साथ दिने



काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापावीच भेटवार्ता भएको छ ।

आईतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष थापाले सरकारले अघि सारेको परिमार्जनसहितको संविधान संशोधन प्रस्तावमा पार्टीले एक ढिक्का भएर मत हाल्ने विश्वास दिलाएका थिए ।

त्यसतै उनले महाअभियोग प्रस्तावबाहेक अन्य कुरामा वर्तमान सरकारलाई आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने समेत स्पष्ट पारेको प्रधानमन्त्री निकट सा्रोतले जानकारी दियो ।

प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछिको राजनीतिक अवस्था, सर्वोच्च अदालतले कार्कीलाई काममा फर्कन दिएको अन्तरिम आदेशपछि व्यवस्थापिका र न्यायपालिकावीच द्धन्द्ध चर्किएको थियो । यही अवस्थामा दुई नेताहरुवीच भएको भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्