Logo

महाअभियोग प्रस्ताव स्थगन् गर्न सत्तारुढ दल सहमत, संविधान संशोधनमा एमाले लचिलो बन्ने



काठमाडौं, २४ बैशाख । प्रमुख तीन दलका अध्यक्षहरुको बैठक सम्पन्न भएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस्तो प्रस्ताव राख्नु भएको हो।

एमाले महासचिव ईश्वर पोखरेलका अनुसार अध्यक्ष ओलीले प्रधानन्यायधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन र दोस्रो चरणको निर्वाचनको मिति बजेट ल्याउनु भन्दा पहिले जेठ १० गते भित्र तोक्न सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष यस्तो प्रस्ताव राखेका थिए ।

ज्वाफमा सत्तारुढ दलको तर्फबाट कांग्रेस सभापति देउवाले महाअभियोग प्रस्ताव फिर्ता लिन नहुने र स्थगन गरेर राख्नुपर्ने धारणा राखेका थिए । तर प्रधानमन्त्री प्रचण्ड भने प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन वा स्थगनमा राख्न सकारात्मक देखिएको बालुवाटार स्रोतले दाबी गरेको छ ।

तीन नेताबीच महाअभियोग प्रस्ताव, बजेट, चुनावको मितिका बारेमा छलफल केन्द्रित भएको थियो । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था, जेठ ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको दोस्रो तहको निर्वाचनको मितिलाई बजेट अघि नै गर्नेगरि शीर्ष नेताहरुवीच करिब करिब समझदारी बनेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot