Logo

प्रचण्डलाई थाहै नदिई देउवा ओली निवासमा पुगेपछि



काठमाडौं, २७ बैशाख । पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा भएको दुई नेताहरुको भेटमा पछिल्लो राजनीतकि घट्नाक्रमको बारेमा गम्भिर कुराकानी भएको स्रोतले जनायो ।

भेटमा काँग्रेस सभापति देउवालाई एमाले ओलीले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्धको महाभियोग फिर्ता लिएर स्थिति सहज बनाउन आग्रह गरेका थिए । ‘

असान्दर्भिक विषय ल्याएर राष्ट्रिय राजनीतिक वातावरणलाई नमिल्याउन ओलीले देउवालाई आग्रह गरेको स्रोतले जानकारी दियो ।

बिहान ११ बजे ओली निवास बालकोट पुगेका थिए । भेटमा जेठ १५ भन्दा अगाडि नै दोस्रो चरणको चुनाव गर्ने विषयमा पनि छलफल भएको थियो ।

उता देउवाले मुलुकको समस्या हल गर्ने कुरामा एमाले पनि गम्भिर बन्नुपर्ने भन्दै निकासको लागि लचिलो बन्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्