Logo

निर्वाचन मतदाता शिक्षामा आयोग चुकेको छ : श्रेष्ठ



काठमाडौं, २९ बैशाख । पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले निर्वाचन आयोग मतदाता शिक्षामा चुकेको गुनासो पोखेका छन् । यद्धी उनले स्थानीय तहको निर्वाचन अन्र्तगर्त पहिलो चरणको निर्वाचन सफल रुपमा सम्पन्न गराउने दिशामा निर्वाचन आयोगको तयारी राम्रो देखिएको बताए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अत्यन्तै छोटो समयमा पनि र सकसपुर्ण अवस्थामा आयोगले राम्रो तयारी गरेको छ, अन्यौलताहरुलाई चिर्दै तयारी राम्रो गरेको म धन्यवाद दिन चाहन्छु।’ दुई दशकपछि स्थानीय निकायको निर्वाचन हुन गैरहेकोले पनि जनतामा व्यापक उत्साह देखिएको श्रेष्ठको भनाई थियो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,‘सिंहदबारको अधिकार अब गाउँसम्म पुग्ने भएको छ, स्थानीय निकायको निर्वाचन भनेको नै अधिकार विकेन्द्रिकरण हो।’ यद्धपी उनले यो वीचमा सरकारले संविधान संशोधनको प्रस्ताव अघि बढाएर केन्द्रले स्थानीय तहमा हस्तक्षेप गर्न खोजेको गुनासो पोखे । उनले भने,‘यसले के देखाउँछ भने निर्वाचन पद्धती र प्रणालीमा दलहरुले खेले।’

श्रेष्ठले दलहरु धेरै भएको कारण मतपत्र समेत ठूलो भएको बताए । उनले भने,‘मतपत्रमा अलिकति जटिलताहरु छन्, तर पनि छोटो समयमा धेरै कामहरु आयोगले गरेको छ, यो मतदाता शिक्षालाई प्रभावकारी बनाउनको लागि आयोग चुकेको हो कि भन्ने देखिन्छ।’ उनले आफूले स्वयम मतपत्र लिनको लागि पनि झन्झट व्यहोर्नुपरेको गुनासो सुनाए ।



प्रतिक्रिया दिनुहोस्