Logo

इंग्लिस प्रिमियर लिग: एभर्टनद्धारा वाट्फोर्ड १–० ले पराजित



काठमाडौं, ३० बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले वाट्फोर्डलाई १–० ले हराएको हो ।

एभर्टनको जितमा रोस बार्कलीले गरेको गोल निर्णायक बन्यो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५६ औं मिनेटमा बार्कलीले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । त्यसपछि दुवै तर्फबाट गोल भएन र एभर्टन विजयी भयो ।

जितपछि सातौं स्थानको एभर्टनको लिगका तीन खेल बाँकी हुँदा ६१ अंक भएको छ । १५ औं स्थानको वाट्फोर्डको चार खेल बाँकी हुँदा ४० अंक छ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्