Logo

मतदान गर्न प्रधानमन्त्री शनिबार नै चितवनमा



काठमाडौं, ३० बैशाख । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आज शनिबार नै चितवन पुगेका छन्।

चितवनको भरतपुर महानगरपालिकाबाट नेकपा माओवादीका तर्फबाट प्रधानमन्त्री पुत्री रेणु दाहाल मेयर पदकी उम्मेदवार हुन्।

प्रधानमन्त्री दाहाल आफ्नी पत्नी सीता र छोरा प्रकाशसँगै बुद्ध एयरको जहाजमा चितवन गएका हुन्।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले फेसबुकमा फोटो राख्दै चितवन गएको जानकारी दिएका हुन्।



प्रतिक्रिया दिनुहोस्