Logo

नारायणमान बिजुक्छेबाट मतदान



भक्तपुर, ३१ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका– ३ स्थित विद्यार्थी निकेतन मतदान केन्द्रबाट आज बिहान ७ बजे मतदान गर्नुभएको छ ।

त्यसैगरी पूर्वसांसद एवम् नेमकिपाबाट भक्तपुर नगरपालिका प्रमुखका उम्मेदवार सुनिल प्रजापतिले भक्तपुर नगरपालिका– ८ ख्वप इन्जिनियरिङ कलेज मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार अष्टकुमार कवेँले बिहान ८ बजे लोकहन्थली स्वास्थ्यचौकी मतदान केन्द्रबाट र नेकपा(एमाले)बाट प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले थिमि बालकुमारी केन्द्रबाट मतदान गर्नुभएको छ ।

जिल्लाका ७८ मतदानस्थलका १९१ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
जिल्लाका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा उत्साहका साथ शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रजिअ द्रोण पोखरेलले जानकारी दिनुभयो । जिल्लामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका, सुत्ेकरीलगायत मतदाताले पनि उत्साहका साथ मतदानमा सहभागी भएर मतदान गरिरहेका छन् ।

एक मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसमेत गरेर १५ देखि २० जनाको सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । नेपाली सेना र प्रहरीको टोलीले आधा घन्टाको फरकमा मतदान केन्द्रका सवारी गस्तीसमेत गरिहेका छन् । रासस (तस्बिर संलग्न छ ।)



प्रतिक्रिया दिनुहोस्